उद्घाटन कार्यक्रम सम्पन्न

कर्मचारी प्रशिक्षण प्रतिष्ठान ललितपुरको आ।व। २०७३/०७४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नेपाल सरकारका रा।प।अनं।प्रथम र द्वितिय श्रेणीका कर्मचारीहरूका लागि आयोजित क्रमशः कार्यालय व्यवस्थापन र सचिवालय सीप विषयक ३० कार्य दिने सेवाकालीन प्रशिक्षण कार्यक्रम २०७४ जेष्ठ २१ गते देखि सुरू भएको छ । प्रतिष्ठानका शाखा अधिकृत श्री बासुदेव खनालको स्वागत मन्तव्यबाट सुरू भएको सो प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रतिष्ठानका कार्यकारी निर्देशक श्री शैलेन्द्र गिरीले गर्नुभयो ।

उक्त कार्यक्रममा कार्यकारी निर्देशक गिरीले नेपाल सरकारका विभिन्न कार्यालयहरूबाट उपस्थित प्रशिक्षार्थीहरूलार्इ प्रशिक्षणका विधि, नम्स, अनुशासन तथा अन्य नियमहरूको बारेमा जानकारी गराउँदै आवश्यक निर्देशन दिनुभयो । उक्त उद्घाटन कार्यक्रममा ७५ जना प्रर्शिक्षार्थीहरू, प्रतिष्ठानका लेखा अधिकृत श्री बालकृष्ण पोखरेल, शाखा अधिकृत श्री सुबोधकुमार साह कर्मयोगीलगायत प्रतिष्ठानका अन्य कर्मचारीहरूसमेतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण प्रतिष्ठानका शाखा अधिकृत एवम् तालिम संयोजक श्री सुदिशकुमार अर्यालले गर्नुभएको थियो ।