सेवाकालीन तालिम सञ्चालन बारे सूचना (रा‍‍.प.अन‌‍. प्रथम श्रेणी वा साे सरह)

प्रतिष्ठानको आ.व.२०७३/०७४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नेपाल सरकारका रा.प.अनं. प्रथम श्रेणीका कर्मचारीहरुका लागि कार्यालय व्यवस्थापन विषयक ३० कार्य दिने सेवाकालीन तालिम देहायको मिति, समय, सत्र र स्थानमा सञ्चालन हुन गइरहेको सम्बन्धितमा सबैमा जानकारी गराउँदछौ ।
तपसिल
मिति : २०७४।०२।२१ गते
समय: बिहान ११ः००
सत्र: दिवा
स्थान: कर्मचारी प्रशिक्षण प्रतिष्ठान बागडोल ललितपुर ।
............................................................................
थप जानकारीका लागि
कर्मचारी प्रशिक्षण प्रतिष्ठान, बागडोल ललितपुर ।
फोन नं. ०१–५१९०५२४,०१–५१९०५२५
फ्याक्स नं. ०१–५१९०५२७
इमेल info@pta.gov.np, ptanepal@hotmail.com