सम्भाव्यता अध्ययन कार्यक्रम सम्पन्न

\"\"

कर्मचारी प्रशिक्षण प्रतिष्ठानको चालु आ.व.२०७३/०७४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार लोकसेवा आयोग लुम्बिनी अञ्चल कार्यालयबाट सिफारिश भएका नेपाल सरकारका राजपत्र अनंकित प्रथम तथा द्वितिय श्रेणीका नवप्रवेशी कर्मचारीहरूका लागि यसै आ.व.मा सञ्चालन गरिने सेवा प्रवेश तालिमको सम्भाव्यता अध्ययन कार्यक्रम २०७४ जेष्ठ १७ गते सम्पन्न भयो । सो सम्भाव्यता अध्ययन कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक श्री शैलेन्द्र गिरीले सेवा प्रवेश तालिम र सोसँग सम्बन्धित कार्यविधिको बारेमा जानकारी दिनुभयो भने लोक सेवा आयोग लुम्बिनी अञ्चल कार्यालयका निर्देशक श्री कृष्ण आचार्यले यसै आ.व.मा आयोगबाट सिफारिस भर्इ पठाइएका कर्मचारीहरूको बारेमा जानकारी दिनुभएको थियो। उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक श्री शैलेन्द्र गिरी, लोकसेवा आयोग अञ्चल कार्यालयका निर्देशक श्री कृष्ण आचार्य, आयोगका शाखा अधिकृत द्वय नारायणप्रसाद आचार्य र रेवती केसी, प्रतिष्ठानका शाखा अधिकृत श्री सुदिशकुमार अर्याल, प्रतिष्ठानका लेखा अधिकृत श्री बालकृष्ण पोखरेललगायत अन्य सहायक तथा सहयोगी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।  प्रतिष्ठानका कार्यकारी निर्देशक श्री शैलेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण प्रतिष्ठानका शाखा अधिकृत श्री सुदिशकुमार अर्यालले गर्नुभएको थियो ।

\"\"

\"\"